हेटौंडाका भोम्जन र थिङ पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ कमानेभोर्लेबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय ५६ वर्षीय मंगलसिंह भोम्जन र २९ वर्षीय कृष्ण थिङ रहेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भोम्जनको साथबाट ५ किलो २०० ग्राम र थिङको साथबाट ५०० ग्राम लागूऔषध गाँजा बरामद गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
