अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ
उदयपुर । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो ।फरार प्रतिवादी चौधरी २०७१ साल बैशाख २० गते घटनास्थलबाट फरार भएका थिए ।
उनलाई उदयपुर जिल्ला अदालतले २०७४ साल फागुन २७ गते फैसला गरी ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा काबाहीको लागि अदालत बुझाएको जनाएको छ ।
