थप ७६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १९, बिहीबार १९:०९
file-photo

मकवानपुर । नेपालमा थप ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ९ सय २६ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय ९८ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८८ हजार ८ सय २१ जना र एन्टिजेन विधिबाट १ लाख ४३ हजार ७ सय ९२ जनासङ्क्रमित भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कार(ा थप एक जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७१ हजार २ सय ५० पुगेको छ भने ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय २ रहेको छ ।