शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित
काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएको छ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गर्ने भएको हो ।
आयोगका अनुसार, सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै भोली (शुक्रबार) देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने जानकारी गराएको हो ।
गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।
