ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १९, बिहीबार १६:०५

दाङ । दाङमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।