लागूऔषधसहित २२ जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १७:३७
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकाबाट लागूऔषधसहित प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । डाइलेक्स डिसी र खैरो हेरोइनसहित २२ जनालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा ४ जना महिला रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ हजार १८० बोतल डाइलेक्स डिसी, ४५९ ग्राम खैरो हेराइन र खैरो हेरोइन जोख्न प्रयोग गरिने ४ वटा तराजु बरामद गरेको छ । सो लागूऔषध तरकारीको बोरामा लुकाएर सर्लाहीबाट ल्याएको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।