मुख्यमन्त्री राईलाई कोरोना संक्रमण पुष्टि
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार, मुख्यमन्त्री राईलाई हिजो गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहको अवस्था भने सामान्य रहेको छ । कोरोना संक्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए ।
