नेकपा महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उजीविरुद्ध ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । अदालतले ३५ दिन भित्र उपस्थित हुन उनीहरुलाई भनेको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिइएको छ ।
