७ जना जुवाडे प्रहरीको फन्दामा
जनकपुरधाम । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई पक्राउ परेको छ । बागमती नगरपालिका वडा नम्वर ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्याल सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चर सिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान र ४१ वर्षीय पनोज कुमार थिङ रहेका छन् ।
उनीहरुको जुवाखालबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र ५ थान मोबाइल समेत बरामद गरी उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
