प्रहरीका १३ जना एसपीको काज सरुवा

तु खबर संवाददाता
२०७९ श्रावण १५, आईतवार १७:५४
file-photo

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय मानव श्रोत विकास विभागका अनुसार, १३ जना एपीर ४ जिल्लाका इन्चार्ज फेरिएको हो ।

ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ । सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ । सिआईबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ । सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्जको प्रमुखमा सरुवा गरिएको छ ।

तुलबहादुर कार्कीको लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा सरुवा भएको छ । साउन ८ मा जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा गरिएका दिलिप घिमिरेको तेस्रो पटक काज गरिएको छ । अहिले इलाममा सरुवा गरिएका घिमिरेलाई प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा सरुवा गरेको थियो ।