माओवादी स्थायी समिति बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने गरी बोलाइएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार, संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन ।
