खैरो हेरोइनसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १४, शनिबार १६:४५
सांकेतिक तस्बिर

झापा । झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका–५ घर भई हाल झापा बिर्तामोड नगरपालिका–१ भगवान् चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।

शुक्रबार प्र.३–०१–०२४ च ८००० नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।