हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १७:३९

दाङ । हिरासतमा रहेकी महिलालाई बतात्कार गरेको आरोपमा बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा चौलगाईं पक्राउ परेका हुन् ।

साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार, उनलाई आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको छ ।

प्रहरीका अनुसार, प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्‍याएका थिए । त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए ।