थप ५७७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १६:४१
filr-photo

काठमाडौं । नेपालमा थप ५७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार २८२ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । यस्तै, सो अवधिमा २६९ कोरोना संक्रमणमुक्त भएका छन् ।