माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार ०९:५४
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट सुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।