पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्वर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर आएको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकहरुको सनाखत हुन बाँकी छ । यस्तै, उक्त पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । गएराति १ बजेतिर पहिरो खसेको थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
