गोरुको मासुसहित तीन जना पक्राउ
चितवन । चितवन प्रहरीले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे रहेका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नम्वरको अटोलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट गोरुको मासु बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आनवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
