बालेनलाई ओलीको तबला उपहार

तु खबर संवाददाता
२०७९ असार ३०, बिहीबार ०८:१३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर साह लाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन् ।

ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।