बुधबार एकैदिन थपिए २०६ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७९ असार २९, बुधबार १७:११
file-photo

काठमाडौं । नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुनै पनि व्यक्तिको निधन भएको छैन ।