नेप्से परिसूचक ५९ अंकले बढ्यो
काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९ दशमलव ५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ । यसअद्दि मंगलबार ११ दशमलव ६८ अंकले बढेको १९२७ दशमलव २८ बिन्दुमा रोकिएको थियो ।
आज २२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोडको शेयर कारोबार भएको छ । मंगलबार कुल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । एभरेष्ट बैंकको प्रमोटर शेयरमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै, , शिव्म सिमेन्ट र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ ।



