लागूऔषधसहित हेटौंडाका एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार २८, मंगलवार १८:५७

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हतिया त्रिशुलेस्थित धरान–चतरा सडकखण्डबाट पैदल हिडीरहेका एक जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी बस्ने ३४ वर्षीय विकराज विक रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट हटिया,मकवानपुरबाटगस्तिमा खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन ४० मिली ग्रामसहित पक्राउ सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।