हेटौंडाका मानन्धर र मगर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ असार २८, मंगलवार १६:३३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा १० प्रकाश होटेल अगाडिबाट प्रहरीले लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर बस्ने ४८ वर्षीय उज्वल मानन्धर र सोही उपमहानगरपालिका–१० राम मन्दिर बस्ने ३६ वर्षीय रंजित आले मगर रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले उज्वलको साथबाट करिब १ सय मिलीग्राम र रंजितको साथबाट करिब ४० मिलीग्राम खैरो हेरोईन बरामद गरेको छ । दुवै जनालाई पक्राउ गरी उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ ।