हेटौंडा–१५ को बजेट बाँडफाँड

तु खबर संवाददाता
२०७९ असार २८, मंगलवार १०:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ ले बजेट बाँडफाँड गरेको छ । उपमहानगरपालिकाले वडा कार्यालयको सिलिङ तोकेर पठाएको बजेटलाई सर्वदलीय बैठक बसेर बाँडफाँड गरिएको हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए ।

उपमहानगरपालिले वडालाई सिलीङ पठाएको बजेटमा २ करोड १० लाख बजेट सर्वदलीय बैठकबाट छुट्याएको वडाध्यक्ष मोक्तानले बताए । सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट पुगोस् र बजेटमा सबैको प्रतिनिधित्व होस् भनेर सर्वदलीय बैठकबाट बजेट छुट्याइएको उनको भनाई छ ।

बजेटमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, स्वास्थ्य बिमा लगायतका कामलाई जोड दिइएको उनले जानकारी दिए ।