जसपा : बाबुराम पक्षको बैठक असार २८ र २९ गते बस्ने
काठमाडौं । जसपा समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८ र २९ गते बैठक बस्ने भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।
छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जसपा नेपालका नेता विश्वदीप पाण्डेले बताए ।
पार्टीको आन्तरिक अबस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन निर्माण, आगामी कार्ययोजना लगायतको विषयमा छलफल हुने गरि एजेण्डा तयार पारेको उनले बताए । बैठकमा समसामयिक विषयमा भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
