काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा पुष्टि

तु खबर संवाददाता
२०७९ असार २५, शनिबार १७:४६

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो ।

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो । अहिले तीन जना अस्पतालमा उपचाररत छन्। दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो ।