कोरोना संक्रमितको दर बढ्दो, एकैदिन १०२ जनामा सङ्क्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ असार २५, शनिबार १७:०५
file-photo

काठमाडौं । नेपालमा थप १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । त्यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।