एकीकृत समाजवादीको प्रमुख सचेतकमा यादव
काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा सांसद सरला यादव चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो । त्यस्तै बैठकले एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
