माओवादी केन्द्रको पोलिट्ब्यूरो समितिमा १५६ सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो ।
बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् । जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्र निकट स्रोतले बताएको छ ।
