जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

तु खबर संवाददाता
२०७९ असार २२, बुधबार १०:३२
file-photo

चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका वडा नम्वर ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, मकैं बारीमा आएको हात्ती धपाउने क्रममा उनलाई आक्रमण गरेको हो । उनको दुवै साप्रामा चोट लागेको छ । उनको अवस्था सामान्य छ ।