साढे तीन किलो अफिमसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १५:४४

नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागूऔषध अफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।

बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।