हेटौंडाका दुई युवक पक्राउ
मकवानपुर । प्रहरीले लागूऔषधसहित हेटौंडाका दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डकचोकबाट ४ सय ४९ बोतल लागूऔषध विनिसिरेक्स कफ सेरूपसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् । ना ५ ख ३९९० नम्वरको बस जाँच गर्ने क्रममा बसका चालक उमेश र सहचालक राज कुमारको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
