माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो ।
तीन दिनसम्म संचालन हुने बैठकमा मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार, बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुनेछ ।
