आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

तु खबर संवाददाता
२०७९ असार १८, शनिबार ०९:०६
सांकेतिक तस्बिर

गुल्मी । गुल्मीमा आफ्नै भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।