बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ असार १७, शुक्रबार १८:४९
सांकेतिक तस्बिर

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका दुई जनालाई आज बालुवाटारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा रु ५५ लाख जरिवना तथा गुरुङलाई रु ९ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । पक्राउ परेका दुबै जनालाई फैसला कार्यान्वयनका लागि आज नै जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।