बलात्कारको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार १५, बुधबार १६:२५
सांकेतिक तस्बिर

बैतडी । २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले वडाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

गत चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उजुरी दिएकै दिन पीडित महिलाको स्वास्थ्यपरीक्षण जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुबै जनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।