मंगलबार पनि शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०७९ असार १४, मंगलवार १५:३४

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा पुगेको नेप्से परिसूचक मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ ।

कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाएका छन् ।