मकवानपुरका ढकाल प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले आइतबार साँझ लागूऔषध खैरोहिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट १५० मिलिग्राम लागूऔषध खैरोइनसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय सरोज ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले टोलीले उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
