कसैले माग्दैमा म राजीनामा दिन्नः मन्त्री शर्मा

तु खबर संवाददाता
२०७९ असार १३, सोमबार १७:००
file-photo

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैले मागेको भरमा आफुले राजीनामा नदिने बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा उनले आफुले राजीनामा नदिने तथा सही र गलतको पुष्टि इतिहासले गर्ने बताए । “बजेट जनताको पक्षमा ल्याएका कारणले, बजेट देशको पक्षमा ल्याएका कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गनुपर्छ भन्ने कुरा होइन । सही र गलत इतिहासले पुष्टि गर्ने छ,” उनले भने ।

त्यसैगरी करको दर घटबढ गर्ने कुरा अर्थमन्त्रीको क्षेत्राधिकार भएको पनि उनले बताए । “के अर्थमन्त्रीले बजेट नल्याएर । करको दर घटबढ नगरेर के गर्नुपर्थ्यो रु अर्थमन्त्रीको क्षेत्राधिकारको कुरा हो । अधिकारको कुरा हो,” उनले भने । सरकारले ल्याएको नीति कार्यक्रमले समृद्धिको बाटोमा रहेको उनको दाबी छ ।