राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा रहेको छ ।
