साढे ६७ करोडको बजेट ल्याउने तयारीमा मकवानपुरगढी
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६७ करोड ४४ लाख २२ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । उप–प्रमुख मानकुमारी पाख्रिनले दोस्रो गाउँसभाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सो बजेटबारे जानकारी दिएकी हुन् ।
पाख्रिनका अनुसार आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी रहेको छ । अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष पाख्रिनले गाउँपालिकाले आगामी आवको लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
