राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार ०९:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डाक्टर मुकुल ढकाल चयन भएका छन् । असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहनेछ । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । गत असार ७ गते निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए । उक्त दल दर्ता हुन सकेको छैन ।