जनमोर्चा पार्टीले महंगीको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी, भ्रष्टाचार, कालोबजारी, मल, बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीको असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनालाई नियन्त्रण गर्ने सवालमा सरकारले सामान्य प्रकारले पनि ध्यान नदिएको भन्दै देशव्यापी रुपमा विरोध प्रदर्शन गर्न लागेको अध्यक्ष केसीले बताए । उनका अनुसार, उक्त कर्याक्रम यही असार १५ देखि २० गतेको विचमा हुनेछ ।
बैठकले आसन्न केन्द्र तथा प्रदेशको निर्वाचनका विषयमा बैठकमा सामान्य रुपमा छलफल गर्दै आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।
