माओवादीको केन्द्रीय समिति बैठक फेरि सर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि सर्ने भएको छ । यही असार १५ गतेको लागि तोकिएको माओवादी केन्द्रीय समितिको बैठक फेरि सर्ने भएको हो ।
असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक सार्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने सार्नेबारे सल्लाह भइरहेको तर, कुनै निर्णय नभएको बताए । यसअघि स्थानीय चुनाव सकिएलगत्तै जेठ २० गते बैठक बस्ने भनिएको थियो । तर, माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले असार १० मा बजेट पेश गर्नुपर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।
