थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ असार ८, बुधबार १६:५७
file-photo

काठमाडौं । नेपालमा थप ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र ८५० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।