बैंकिङ कसुरमा घिमिरे पक्राउ
काठमाडौं । रकम नै नभएको बैंक खाताबाट चेक काटेर २ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका वडा नन्वर ६ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुन्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।
घिमिरेलाई प्रहरी वृत्त जगातीको टोलीले मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनी १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताको चेक काटेर २ करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार भएका थिए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
