गाँजासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार ८, बुधबार ०८:२२
सांकेतिक तस्बिर

वीरगञ्ज । पर्साबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका– ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार रहेका छन् ।

उनलाई ४ किलो ३०० ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विशेष सूचनाको आधारमा असार ७ गते साँझ प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेपछि निजलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।