मंगलबार ३७ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७९ असार ७, मंगलवार १६:१०

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । केही दिनदेखि लगातार घटेको नेप्से परिसूचक आज ३७.४९ अंकले बढेको हो ।

अघिल्लो दिन शेयरबजार घटेर १८ सयको विन्दुमा पुगेको नेप्से आज पुनः शेयरबजार १.९९ प्रतिशतले बढेर १९२२ को विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ ।