बिस्कुट आकारको सुनसहित एक जना पक्राउ
महोत्तरी । महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका ५ का सुशील साह रहेका छन् । सम्सीबाट गौशालातर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सम्सी हुँदै गौशालातर्फ पैदल आउँदै गरेका उनलाई शंका लागि तेकजाँच गर्दा सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
