साइकलबाट लडेर एक जनाको मृत्यु
रोल्पा । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका वडा नम्वर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए । लडेर गम्भीर घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
