पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात संचालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ४ पान्द्राङमा गएराति वर्षासँगै आएको आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुबैतर्फी रुपमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।
हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस्तै, हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै यातायात संचालन हुन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात संचालनको लागि पहिरो हटाउने कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताइन् ।
